२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
टी-२० विश्वकप एसिया छनोट

बहराइनमाथि विशाल जित निकाल्दै ओमान टी–२० विश्वकपमा छनोट

images

  • २०८० कात्तिक १७, शुक्रबार
  • 761
    SHARES
  • बहराइनमाथि विशाल जित निकाल्दै ओमान टी–२० विश्वकपमा छनोट

    कात्तिक १७, काठमाडौँ : ओमान सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ। आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको हो।

    बहराइनले दिएको १ सय ७ रनको लक्ष्य ओमानले १४ दशमलव १ ओभरमा पूरा गर्‍यो। ओमानको जीतमा कश्यप प्रजापतिले सर्वाधिक ५७ रन बनाएका थिए। उनले ४४ बलमा २ छक्का र ६ चौका प्रहार गरेका थिए। साथै, प्रतीक अथावेलले ४१ बलमा १ छक्का र ४ चौकासहित ४८ रन बनाएका थिए।

    यसअघि बहराइनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन मात्रै बनाउन सक्यो। बहराइनका लागि इमरान अलीले ३० रन, अहमर बिन निसारले २६ रन र सर्फराज अलीले २३ रन बनाएका थिए। ओमानका लागि अक्वि इलायसले ४ विकेट लिए भने सकिल अहमदले २ विकेट लिएका थिए। साथै, फयाज बट र जीसान मक्सुदले १/१ विकेट लिएका थिए।

    अब आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र फाइनल छनोटको फाइनल खेल पर्सि आइतबार घरेलु टोली नेपालले ओमानसँग खेल्दैछ। नेपाल र ओमानबीचको फाइनल खेल आइतबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ