काठमाडौँ : एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौँको गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कार्निभलको सुरुवात गरेको छ। यस विशेष कार्यक्रम एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
कार्निभलमा ग्राहकहरूले पुरानो गाडी साटेर नयाँ दिपल इभी मोडेलमा अपग्रेड गर्न सक्नेछन्। पहिलो दिनमा नै पुरानो गाडी साटेर दिपल इभीमा अपग्रेड हुन चाहनेहरूको उल्लेख्य सहभागिता देखिएको थियो।
कार्निभलमा ग्राहकहरूले विशेष प्रि–बजेट मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा दिपल एस०७ मोडेल खरिद गर्न सक्नेछन्। साथै, ग्राहकहरूले आफ्नो पुरानो गाडीको मूल्यांकन नेपालका शीर्ष ६ रिकन्डिसन हाउसबाट गराउन सक्नेछन्।
एमएडब्लु वृद्धिले एक्सचेन्ज बोनस, अन-स्पट फाइनान्स, र अन-स्पट डेलिभरीको सुविधा पनि उपलब्ध गराएको छ। उद्घाटन समारोहमा विष्णु अग्रवालले दिपल ईभीले उत्कृष्ट डिजाइन, पर्फर्मेन्स, र फिचरका कारण छोटो समयमा नै नेपाली प्रयोगकर्ताको मन जित्न सफल भएको बताए।
विवेक सिकारियाले दिपलका इभीहरूको वनरसिपलाई सहज बनाउन यो कार्निभल आयोजना गरिएको बताए। कार्यक्रममार्फत एमएडब्लु वृद्धिले नेपालमा चांगान र दिपलको बजार पोजिसनलाई अझ मजबुत बनाउने अपेक्षा राखेको छ। हाल नेपालमा दिपल एस०७ र एल०७ गरी दुई मोडेल विक्री भइरहेको छ।



