२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काभा महिला भलिबल च्याम्पियनशिप : पुलिसको लगातार तेस्रो जित

images

सत्कार खबर
  • २०८१ असोज १, मंगलबार
  • 1.7K
    SHARES
  • काभा महिला भलिबल च्याम्पियनशिप : पुलिसको लगातार तेस्रो जित

      काठमाडौं : सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) महिला क्लब च्याम्पियनशिपमा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार तेस्रो खेल पनि जितेको छ।

    माल्दिभ्सको मालेमा भइरहेको प्रतियोगितामा मंगलवार पुलिसले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। 

    पुलिसले डाइमेडविरुद्धको खेल २५–१५, २५–१२, २५–१४ ले सहजै जित्यो। आजको जितसँगै ३ खेलबाट ९ अंक जोडेको पुलिसले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। 

    यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब र श्रीलंकाको श्रीलंका वायु सेना दुवै टोलीलाई ३–० को सेटमा पराजित गरेको थियो।

    तेस्रो खेलमा पनि पराजित डाइमेडले कुनै अंक जोड्न सकेको छैन। यसअघि डाइमेडले माल्दिभ्स पुलिस क्लब तथा हुमो दुवै टोलीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। पुलिसले चौथो खेलमा भोलि ९बुधवार० माल्दिभ्सको क्लब वाम्कोसँग खेल्ने भएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ