काठमाडौँ : नयाँ हुन्डाई क्रेटाले ग्राहकहरुको ध्यान आकर्षित गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका अनुसार गत वर्षदेखि बिक्रीमा आएको नयाँ क्रेटाको ६१ युनिट डेलिभरी गरिएको छ। जबकि १५० युनिट बुकिङ भएका छन्। साउन तेस्रो सातादेखि बिक्रीमा ल्याइएको यो मोडलले सोधीखोजी गर्ने ग्राहकहरुको सङ्ख्या पनि बढाएको कम्पनीले बताएको छ। लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरु गरेको थियो।
नयाँ क्रेटामा विभिन्न आकर्षक फिचर्स र सुविधाहरू समावेश गरिएको छ। अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प, र नयाँ डिजाइनको बम्पर रहेका छन्। पछाडि कनेक्टिङ एलईडी टेललाइट सेटअप र रिडिजाइन गरिएको बम्पर समावेश छ। भित्री भागमा कालो र खैरो थिममा नयाँ डिजाइन, इन्फोटेनमेन्ट सिस्टम, र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेका छन्।
यसमा १०/२५ इन्चका स्क्रिनहरू, बोस साउण्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिंग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू, र डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता सुविधाहरू छन्। नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू समावेश गरिएको छ, जसमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट भ्यू मोनिटर, र एडाप्टिभ क्रुज कन्ट्रोल प्रमुख छन्।
नयाँ क्रेटा १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन विकल्पमा उपलब्ध छ। जसमा एमटी, एटी, र आइभीटी गियर ट्रान्समिसन विकल्प छन्। पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू र विकल्पहरू थप गरिएको छ। नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ रहेको छ।
नेपालमा हुन्डाईका ४५ हजार युनिट गाडी गुडिरहेका छन्। जसमा करिब १५ हजार युनिट क्रेटा छन्। कम्पनीले नेपालमा एसेम्बल प्लान्ट निर्माण गरेको छ र क्रेटा ईभी एसेम्बल गर्ने तयारीमा छ। जसको मूल्य इन्टर्नल कम्बुस्चन इन्जिन (आइसीई) भन्दा सस्तो हुने दाबी गरिएको छ।



