२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लुयानको 'दशैं तिहार तथा छठ धमाका' अफर सार्वजनिक, स्कुटर किन्दा निशुल्क सर्भिसदेखि १० हजार छुटसम्म

images

  • २०८१ असोज ३, बिहीबार
  • 866
    SHARES
  • लुयानको 'दशैं तिहार तथा छठ धमाका' अफर सार्वजनिक, स्कुटर किन्दा निशुल्क सर्भिसदेखि १० हजार छुटसम्म

    काठमाडौँ : लुयान स्कुटरको नेपालका लागि आधिकारिक वितरक ‘जिरो इमिसन राइड (एन)’ ले ‘दशैं तिहार तथा छठ धमाका अफर’ ल्याएको छ। "देशको उर्जा, देशमै खपत" भन्ने मुल नाराका साथ चीनमा निर्मित गुणस्तरीय र विश्वप्रशिद्ध ब्राण्ड ‘लुयान’का विद्युतीय स्कुटरहरू बिक्री गर्दै आएको कम्पनीले आजदेखि लागू हुनेगरी यो फेस्टिबल अफर सार्वजनिक गरेको हो।

    अफर अन्तर्गत लुयानको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरूले १० हजार रुपैयाँ छुटका साथै अन्य सुविधाहरू प्राप्त गर्न सक्नेछन्। यसमा एउटा प्रिमियम हेलमेट, विमा तथा नामसारी खर्च, चालु आर्थिक वर्षको कर, ६ पटकसम्म निःशुल्क सर्भिस र स्कुटरका विभिन्न कम्पोनेन्टहरूमा वारेन्टी समावेश गरिएको छ।

    अन्य कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर पनि लिन सकिनेछ। साथै, फाइनान्सको सुविधा पनि उपलब्ध छ। यो अफर कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाण्डौ लगायत अन्य शोरुम तथा डिलरहरूमा पाइनेछ।

    लुयान ब्राण्डका हरेक स्कुटरहरूमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ।  जसले स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटरभन्दा बढी बनाउँछ। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ