२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनपीएल अक्सनका लागि खेलाडी दर्ता खुला, ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख

images

  • २०८१ असोज ५, शनिबार
  • 1.4K
    SHARES
  • एनपीएल अक्सनका लागि खेलाडी दर्ता खुला, ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख

    काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुला गरेको छ।

    शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा क्यानले इच्छुक खेलाडीहरूलाई अनलाइन मार्फत दर्ता गर्न सकिने जनाएको छ। अक्सनमा खेलाडीहरूलाई ३ वर्गमा विभाजन गरिएको छ।  अक्सनमा ए बी र सी ग्रेडमा दर्ता गर्न सकिनेछ ।

    ए ग्रेडका खेलाडीहरू :

    न्यूनतम मूल्य: १० लाख रुपैयाँ
    उच्चतम मूल्य: १५ लाख रुपैयाँ
    यदि कुनै खेलाडीलाई १५ लाखभन्दा बढी बोली लगाउने टोलीहरू धेरै भए।  तिनका बीचमा चिट्ठा थुतिनेछ।

    बी ग्रेडका खेलाडीहरू :

    न्यूनतम मूल्य: ५ लाख रुपैयाँ
    उच्चतम मूल्य: १० लाख रुपैयाँ
    १० लाख रुपैयाँ भन्दा बढी बोली भएमा चिट्ठा थुतिनेछ।

    सी ग्रेडका खेलाडीहरू :

    न्यूनतम मूल्य: २ लाख रुपैयाँ
    उच्चतम मूल्य: ५ लाख रुपैयाँ
    यदि मूल्य ५ लाखभन्दा बढी भएमा चिट्ठा थुतिनेछ।

    खेलाडी दर्ता गर्नका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ भने दर्ताको अन्तिम मिति असोज १२ गतेसम्म रहेको छ।

    यस वर्ष नेपाल प्रिमियर लिग (एनपीएल) नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुनेछ। एनपीएलमा ८ टोलीहरू सहभागी हुनेछन्। जसमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली रहेका छन्।  

    नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ८ फ्रेन्चाइज टोलीहरूले लक्की ड्र मार्फत मार्की खेलाडीहरू अनुबन्ध गरिसकेका छन्। काठमाडौंले तीव्र गतिका बलर करण केसीलाई मार्की खेलाडीको रूपमा चयन गरेको छ भने पोखराले नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई अनुबन्ध गरेको छ। चितवनले अलराउन्डर कुशल मल्ललाई चयन गर्दा विराटनगरले स्पिनर सन्दीप लामिछानेलाई टोलीमा समेटेको छ।

    साथै, लुम्बिनीले कप्तान रोहित पौडेललाई आफ्नो मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ भने जनकपुरले ओपनर आसिफ शेखलाई टोलीमा राखेको छ। कर्णालीले तीव्र गतिका बलर सोमपाल कामीलाई मार्की खेलाडीको रूपमा छानेको छ भने सुदूरपश्चिमले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा चयन गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ