२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालको ब्याटिङ संकट : सफलताबाट असफलतासम्मको यात्रा

images

  • २०८१ असोज ८, मंगलबार
  • 1.4K
    SHARES
  • नेपालको ब्याटिङ संकट : सफलताबाट असफलतासम्मको यात्रा

    काठमाडौँ : नेपाल क्रिकेट टोलीले डेढ वर्षअघि मोन्टी देशाइको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गर्दै एक दिवसीय क्रिकेटमा नयाँ उचाइ हासिल गरेको थियो। घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँगको लिग–२ खेलहरूमा नेपालको ब्याटिङ सुधारिएको थियो

    २०२३ फेब्रुअरी १४ मा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा पूरा गर्दै नयाँ कीर्तिमान बनायो। जुन नेपालले एकदिवसीय क्रिकेटमा पूरा गरेको सबैभन्दा ठूलो योगफल थियो।

    लगत्तै, स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्यलाई पनि ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्न सफल भयो। त्यसपछि नामिबिया र स्कटल्यान्डविरुद्ध सफलताले नेपालको ब्याटिङमा उल्लेखनीय सुधार भएको देखायो।

    युएई टूरमा नेपालले पहिलो खेल गुमाए पनि बाँकी खेलहरूमा विजय हासिल गर्‍यो। घरेलु मैदानमा पनि अन्तिम चार खेल जित्दै, अन्तिम १२ मध्ये ११ खेल जितेर ओडीआई मान्यता जोगाएसँगै विश्वकप छनोटमा स्थान पक्का गर्‍यो।

    तर, हालको लिग टू (२०२४–२०२६) मा नेपालले ब्याटिङमा गम्भीर समस्या झेलिरहेको छ। पछिल्ला ७ खेलमा ६ हार व्यहोरेको नेपालले क्यानडामा पनि लगातार तीन खेल गुमाएको छ। यो असफलताको प्रमुख कारण भनेको ब्याटरहरूको क्षमता अभिवृद्धिमा ध्यान दिन नसक्नु हो, जसले गर्दा विपक्षीले नेपालको कमजोरीलाई पहिचान गरेर त्यसको फाइदा उठाइरहेका छन्।

    विशेषगरी, नेपालको ब्याटिङ संरचनामा विविधता अभाव देखिएको छ। खेलाडीहरूले सटहरूको विविधता अपनाउन नसक्दा फास्ट बलरको बाउन्सर र सर्ट बलमा सजिलै फसिरहेका छन्। कप्तान रोहित पौडेलले केही हदसम्म सटमा भेरिएसन देखाए पनि बाँकी ब्याटरहरू पुरानै गल्ती दोहोर्याइरहेका छन्।

    नेपालको घरेलु क्रिकेट संरचना बलियो नहुनु, नियमित म्याच एक्सपोजरको कमी, र प्रमुख खेलाडीहरूलाई फरक कन्डिसनमा ट्रेनिङ गराउन नसक्नु पनि टोलीको पछिल्लो असफलतामा जिम्मेवार मानिन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ