२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

त्रिदेशीय श्रृङ्खलाको पहिलो खेलमा क्यानडासँग नेपाल पराजित

images

  • २०८१ असोज १३, आइतबार
  • 786
    SHARES
  • त्रिदेशीय श्रृङ्खलाको पहिलो खेलमा क्यानडासँग नेपाल पराजित

    काठमाडौँ : त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको छ।

    १ सय २४ रनको लक्ष्य पाएको नेपालले १९ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन मात्र बनाउन सफल भयो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३७ रन बनाएका थिए भने कुशल मल्लले १२, देव खनालले ११ र सन्दीप लामिछानेले १० रनको योगदान दिएका थिए। 


    बलिङमा क्यानडाका कलिम सानाले ४ विकेट लिएका थिए।

    त्यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो। क्यानडाका लागि साद बिन जाफरले सर्वाधिक २३ रन बनाएका थिए।


    बलिङमा नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले ३/३ विकेट तथा दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले १/१  विकेट लिएका थिए। नेपालले आफ्नो दोस्रो खेलमा आज राति ओमानसँग प्रतिस्पर्धा गर्नेछ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ