२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पाँच महिनापछि नेपालको जित, ओमान ३७ रनले पराजित

images

  • २०८१ असोज १४, सोमबार
  • 1.5K
    SHARES
  • पाँच महिनापछि नेपालको जित, ओमान ३७ रनले पराजित

    काठमाडौँ : क्यानडामा जारी त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले ओमानमाथि सानदार जित हात परेको छ। नेपालले ओमानलाई ३७ रनले हराएर पहिलो जित हात पारेको छ। यस जित पाँच महिनापछि नेपालको हात परेको हो। नेपालले अब मंगलबार राति क्यानडासँग खेल्ने तालिका छ।

    १ सय ७७ रनको लक्ष्य पाएको ओमानले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३९ रन मात्र बनाउन सफल भयो। ओमानका शोएब खानले सर्वाधिक ४५ रन बनाएका थिए। यस्तै, रफिउल्लाहले ३५ रन, प्रतिक अथभले १५ रन, खालिद कैल ११ रन बनाएका थिए। 

    बलिङमा नेपालका लागि करण केसीले ३ विकेट, लिए । गुलशन झालेले २ विकेट,  कुशल भुर्तेलले २, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १-१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ