२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौं उपत्यका बाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने गाडी पठाउने तयारी

images

  • २०८१ असोज १४, सोमबार
  • 1.6K
    SHARES
  • काठमाडौं उपत्यका बाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने गाडी पठाउने तयारी

    काठमाडौँ: पृथ्वी राजमार्गमा अलपत्र रहेका सवारी साधनहरूको स्थिति सुधार भइरहेको छ। धादिङको झ्याप्ले खोलामा भएको पहिरोले अवरुद्ध भएको सडक खुलिसकेपछि लगभग १ हजार ७ सय गाडी काठमाडौं उपत्यकामा प्रवेश गरेका छन्।

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार आजदेखि काठमाडौंबाट पृथ्वी राजमार्गमार्फत बाहिरिने गाडीहरू पठाउने तयारी गरिएको छ।

    तिवारीले थप जानकारी दिँदै भनेका छन् कि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गर्दै मुख्य राजमार्ग र अन्य अवरुद्ध सडकहरूको सञ्चालनका लागि प्रयास गरिरहेको छ। बीपी राजमार्गमा अलपत्र परेका यात्रुहरूको उद्धार पनि आज साँझसम्म पूरा हुने अपेक्षा गरिएको। जसमा नेपाली सेना र सुरक्षाकर्मीको टोली सक्रिय रूपमा संलग्न छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ