२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल प्रिमियर लिगका फ्रेन्चाइज टिमका मालिकहरू सार्वजनिक, पहिलो संस्करणको तयारी तीव्र

images

  • २०८१ असोज १५, मंगलबार
  • 1.6K
    SHARES
  • नेपाल प्रिमियर लिगका फ्रेन्चाइज टिमका मालिकहरू सार्वजनिक, पहिलो संस्करणको तयारी तीव्र

    काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (NPL) मा सहभागी हुने फ्रेन्चाइज क्लबका मालिकहरू सार्वजनिक गरेको छ। यसअघि बिडिङ प्रक्रियामा सहभागी ९ टिमहरूबाट छानिएका ८ टिमका मालिकहरू आज घोषणा गरिएको हो।

    सर्वाधिक ३ करोड ३३ लाखमा बिक्री भएको टिम काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर हो। पोखराको टिमको मालिक नेपाल टी-ट्वेन्टी प्रालि रहेको छ भने चितवन राइनोज टिमलाई चितवन मेडिकल कलेजले जितेको हो।

    यस्तै, कर्णाली याक्स टिमलाई हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिले लिएको छ। जनकपुर बेल्ट्स टिमको आधिकारिक संस्थाको रूपमा ड्रिम्स स्पोर्ट्स प्रालि रहेको छ भने लुम्बिनीको मालिकको रूपमा फर्चुना हेल्थ केयर छ। विराटनगर किंग्सलाई एम ए डी कम्पनीले आफ्नो नाममा गरेको छ। अन्त्यमा, सुदूरपश्चिम रोयल्स टिमलाई एम्पायर स्पोर्ट्सले सम्हाल्ने घोषणा गरिएको छ।

    आजै बिहान काठमाडौं टिमले आफ्नो लोगो सार्वजनिक गरेको छ भने कर्णालीले हिजो लोगो सार्वजनिक गर्दै ज्ञानेन्द्र मल्ललाई कप्तान घोषणा गरिसकेको छ।

    मंसिर १५ देखि पुष ६ गतेसम्म २१ दिन सञ्चालन हुने नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा ३२ खेल हुनेछ। टिमहरूको खेलाडी चयनका लागि अक्सन असोज २० गते हुने क्यानले यसअघि नै जानकारी गराइसकेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ