२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सगरमाथाको उचाइ किन बढ्दैछ? अरुण नदीको भूमिकाबारे रोचक तथ्य

images

  • २०८१ असोज १६, बुधबार
  • 1.0K
    SHARES
  • सगरमाथाको उचाइ किन बढ्दैछ? अरुण नदीको भूमिकाबारे रोचक तथ्य

    काठमाडौँ :विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइबारे लामो समयदेखि ८८४८ मिटरको तथ्य मानिँदै आएको थियो। तर पछिल्लो मापनले यसको उचाइ ८८४८.८६ मिटर अर्थात् करिब ८८४९ मिटर भएको देखायो। यो परिवर्तनले धेरैलाई आश्चर्यमा पारेको भए पनि यसका कारणबारे गहिरो अध्ययन कमै गरियो। यद्यपि केही वैज्ञानिक र अनुसन्धानकर्ताहरूले यसबारे गहिराइमा अध्ययन गरेका छन्।

    हालै प्रकाशित एक रिपोर्टका अनुसार सगरमाथाको उचाइ बढ्नुको पछाडि अरुण नदीको ठूलो भूमिका छ। लन्डनको युनिभर्सिटी कलेज (UCL) का वैज्ञानिकहरूले गरेको अनुसन्धानमा सगरमाथाको उचाइ हरेक वर्ष करिब २ मिलिमिटरले बढिरहेको पाइएको छ। यो वृद्धि अरुण नदीको कारणले भएको हो। अरुण नदीले हिमालयको चट्टान र माटोलाई काट्दै जमिनको सतहमा परिवर्तन ल्याइरहेको छ जसले सगरमाथाको उचाइलाई प्रभावित पारेको छ।

    अरुण नदीको भूमिका

    सगरमाथा ४ देखि ५ करोड वर्षअघि भारतीय र युरेसियन टेक्टोनिक प्लेटहरूको टकरावबाट बनेको थियो। प्लेटहरूको घर्षण नै हिमालयको उचाइ बढ्नुको प्रमुख कारण मानिन्छ। तर यस अध्ययनले अरुण नदीलाई विशेष रूपमा सगरमाथाको उचाइ बढाउने कारकको रूपमा मानेको छ।

    अरुण नदीको पानीले हिमालयको माटो र चट्टानको कटान गर्दै तल बग्दा पृथ्वीको म्यान्टलमा रहेको दबाबलाई कम गर्छ। यसले गर्दा सगरमाथा लगायतका अन्य हिमालहरूको उचाइमा वृद्धि भइरहेको छ। यस प्रक्रियालाई वैज्ञानिकहरूले आइसोस्टेटिक रिबाउन्ड (isostatic rebound) भनेर बुझाएका छन्।

    यसरी अरुण नदीले चट्टान र माटोलाई काटेर तल झर्दा पृथ्वीको तल्लो तहमा पर्ने चाप कम हुँदा सगरमाथा र अन्य हिमालहरू हरेक वर्ष थोरै अग्लो भइरहेका छन्।

    अनुसन्धानका नतिजा

    यस अध्ययनले सगरमाथा मात्र नभएर विश्वका चौथो र पाँचौँ अग्ला हिमालहरू ल्होत्से र मकालुको उचाइ पनि बढिरहेको देखाएको छ। यो अध्ययनले भूवैज्ञानिक परिवर्तनहरूको सन्दर्भमा पृथ्वीको सतहको गतिशीलताबारे पनि महत्त्वपूर्ण जानकारी दिएको छ।

    यस अध्ययनले देखाए अनुसार सगरमाथाको उचाइ परिवर्तन हुनुमा नदीको कटान र टेक्टोनिक प्लेटहरूको परस्पर प्रभावले भूमिका खेलिरहेको छ। GPS उपकरणहरूद्वारा गरिएको मापनले पनि हरेक वर्ष सगरमाथा थोरै अग्लो हुँदै गएको प्रमाणित गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ