२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

टी-२० सिरिज : रोहितको अलराउन्ड प्रदर्शनमा नेपाल विजयी, ओमान ५६ रनले पराजित

images

  • २०८१ असोज १७, बिहीबार
  • 1.1K
    SHARES
  • टी-२० सिरिज : रोहितको अलराउन्ड प्रदर्शनमा नेपाल विजयी, ओमान ५६ रनले पराजित

    काठमाडौँ : नेपालले कप्तान रोहित पौडेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले सिरिजमा ओमानलाई पराजित गर्दै उपाधि जित्ने सम्भावना जीवित राखेको छ। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको छ। 

    १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा मात्र १ सय १ रनमा अलआउट भयो। ओमानका लागि जिशान मकसुदले ३५ रन र अकिब इलियासले २२ रन बनाएका थिए। बलिङमा नेपालका लागि कुशल भुर्तेलले ३ विकेट तथा रिजन ढकाल, रोहित पौडेल र सन्दीप लामिछानेले समान २/२ विकेट लिएका थिए।

    यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ४४ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै अविजित ५६ रन बनाएका थिए। साथै, देव खनालले १८ रन,आसिफ शेखले १६ रन र अनिल साहले ११ रन बनाएका थिए। बलिङमा ओमानका फयाज बटले ३ विकेट लिएका थिए।

    नेपालले सिरिजमा चार खेल खेलेको छ। जसमा २ खेल जित्दै ४ अंकसहित नेटरनरेटका आधारमा शीर्ष स्थानमा छ। क्यानडा ४ अंकसहित दोस्रो स्थानमा छ भने ओमान २ अंकसहित पुछारमा छ। अब बिहीबार ओमान र क्यानडाबीचको खेलमा ओमान विजयी भएमा नेटरनरेटका आधारमा नेपाल च्याम्पियन बन्ने सम्भावना रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ