२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

क्यानडाले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि, नेपाल दोस्रो

images

  • २०८१ असोज १८, शुक्रबार
  • 2.5K
    SHARES
  • क्यानडाले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि, नेपाल दोस्रो

    काठमाडौँ : त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा क्यानडाले ओमानलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको छ। शृङ्खलामा क्यानडाले ४ खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो भने नेपालले ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थान हासिल गर्‍यो र ओमान २ अङ्कसहित अन्तिम स्थानमा रह्यो।

    ओमानले दिएको ८३ रनको लक्ष्य क्यानडाले १४ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। क्यानडाका लागि निकोलस किर्तोनले २० रन बनाएका थिए। बलिङमा ओमानका कलीमुल्लाह र अकिब इलियासले समान २ विकेट लिएका थिए।

    यसअघि ओमानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। तर ओमान १९ ओभर ४ बलमा ८२ रनमै अलआउट भयो। ओमानका लागि अकिब इलियासले ३५ रन बनाएका थिए। यस्तै, बलिङमा क्यानडाका अखिल कुमार र प्रभीन कुमारले समान ३ विकेट लिएका थिए। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ