२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य, रोहितको सर्वाधिक ४९ रन

images

  • २०८१ कात्तिक २, शुक्रबार
  • 1.3K
    SHARES
  • नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य, रोहितको सर्वाधिक ४९ रन

    काठमाडौँ : टि ट्वान्टी सिरिज अन्तर्गत नेपालले अमेरिकालाई १ सय ६५ रनको लक्ष्य दिएको छ। ग्रान्ड प्रेरिमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो।

    नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ४९ बनाएका थिए। पौडेल अर्धशतक बनाउनबाट एक रनले चुकेका छन्। यस्तै, दीपेन्द्र सिंह ऐरीले २८ रन, आसिफ शेखले २७ रन, अनिल साहले २७ रन, गुल्शन झाले ११ रन, कुशल भूर्तेलले १० रन र सोमपाल कामीले २ रन बनाएका थिए। 

    नेपालले अन्तिम दुई ओभरमा १४ रन जोड्दा ५ विकेट गुमायो। बलिङमा अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदिप सिंह र हर्मित सिंहले समान २/२ विकेट लिएका थिए।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ