२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बाढी पहिरो पीडितका लागि नेपाल आयल निगमको ३ करोड सहयोग

images

  • २०८१ कात्तिक ४, आइतबार
  • 1.2K
    SHARES
  • बाढी पहिरो पीडितका लागि नेपाल आयल निगमको ३ करोड सहयोग

    काठमाडौं : हालैको भिषण बाढी र पहिरोबाट पीडितलाई राहत पुर्‍याउने उद्देश्यले नेपाल आयल निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।

    असोज ११ र १२ गतेको भीषण वर्षाका कारण आएको प्राकृतिक विपत्तिले धेरै क्षति पुर्याएको थियो। जसलाई ध्यानमा राख्दै निगमले यो सहयोग गरेको हो।

    यसका साथै युनिलिभर नेपालले पनि आफ्नो सहयोग जारी राख्दै कोषमा थप ३० लाख रुपैयाँ प्रदान गरेको छ। यसअघि यो कम्पनीले २० लाख रुपैयाँ प्रदान गरिसकेको थियो। माछापुच्छ्रे बैंकले २५ लाख रुपैयाँ र पूर्व राष्ट्रसेवक कर्मचारी संगठनले १ लाख रुपैयाँ कोषमा योगदान गरेका छन्।

    यस किसिमको आर्थिक सहयोगले पीडित परिवारलाई राहत दिन सहयोग पुर्याउने विश्वास लिइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ