काठमाडौँ : टि ट्वान्टी सिरिजको अन्तिम खेलमा अमेरिकाले नेपाललाई १ सय ५७ रनको लक्ष्य दिएको छ।
ग्रान्ड प्रेरिमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो। अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ६८ रन र मिलिन्द कुमारले ४३ रन बनाएका थिए।
बलिङमा नेपालका लागि सोमपाल कामीले ३ विकेट तथा रिजन ढकाल र ललित राजवंशीले १/१ विकेट लिएका थिए।



