२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अनुमति बिना काठमाडौं अवतरण: थाइ एयर एसियाको उडान रद्द

images

  • २०८१ कात्तिक ११, आइतबार
  • 1.6K
    SHARES
  • अनुमति बिना काठमाडौं अवतरण: थाइ एयर एसियाको उडान रद्द

    आइतबार : अनुमति बिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियाको नियमित उडानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही स्वरूप रद्द गरेको छ।

    नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबारको तालिका नभए पनि थाइ एयर एसियाले बैंकक-काठमाडौं उडान सञ्चालन गरेको थियो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएअनुसार आजबाट सुरु भएको विन्टर सेड्युलमा आइतबारको उडानको अनुमति थिएन, किनकि अक्टोबर २६ बाट समर सेड्युल समाप्त भइसकेको छ।

    थाइ एयर एसियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने बताएको भए तापनि, सीधै काठमाडौं उडेपछि करिब ३० मिनेटसम्म जहाजलाई होल्ड गराइएको थियो। 'उडान अनुमति नलिई आएकाले जहाजलाई होल्डमा राख्न लगाइएको थियो।' भुलले भने 'यात्रुको सुरक्षालाई ध्यानमा राखेर आजका लागि अवतरण अनुमति दिइएको हो।'

    थाइ एयर एसियाको नियमित उडान रद्द गरिएको छ। युनिभर्सल टुर्स एण्ड ट्राभल्सलाई अर्को सूचना नआउन्जेल टिकट काट्न रोक लगाइएको छ।

    थाइ एयर एसियाले गत असोज १६ बाट बैंकक-काठमाडौं दुईतर्फी व्यवसायिक उडान सुरु गरेको थियो। यसअन्तर्गत आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी साप्ताहिक चार उडान गरिरहेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ