काठमाडौं : अटो उद्योगमा अग्रणी हुन्डाईले आफ्नो नयाँ इलेक्ट्रिक स्पोर्ट्स युटिलिटी कार ‘आयोनिक ९’ को टिजर फोटो सार्वजनिक गरेको छ। कम्पनीले यो कार नोभेम्बरमा विश्वव्यापी रूपमा लन्च गर्ने योजना बनाएको छ।
‘आयोनिक ९’ हुन्डाईको इलेक्ट्रिक एसयूभी लाइनअपमा अहिलेसम्मकै सबैभन्दा ठूलो र अत्याधुनिक मोडल हुनेछ। यस मोडलको डिजाइनमा समुद्री यात्रा गर्ने डुंगाको आन्तरिक र बाह्य संरचनाबाट प्रेरणा लिइएको छ, जसले कारलाई बाहिरबाट आकर्षक र भित्रबाट आरामदायी बनाएको छ।
समाचार एजेन्सी योनहापका अनुसार, कम्पनीले आगामी ग्लोबल शोकेस कार्यक्रममा ‘आयोनिक ९’ का सम्पूर्ण डिजाइन र विशेषताहरूको विस्तृत रूपमा अनावरण गर्ने योजना बनाएको छ।



