२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वुलिङका एक्सियन, मिनी ईभी र डेरियनमा ८ वर्षे वारेन्टी दिने

images

  • २०८३ असोज १६, शुक्रबार
  • 391
    SHARES
  • वुलिङका एक्सियन, मिनी ईभी र डेरियनमा ८ वर्षे वारेन्टी दिने

    काठमाडौँ : वुलिङ नेपालले आफ्ना विद्युतीय सवारीमा ट्रयाक्सन मोटर र उच्च भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी दिने भएको छ। जुन अवधि पहिले पुग्छ, त्यसैलाई वारेन्टीको सीमा मानिने बताइएको छ।

    नेपालमा वुलिङले एक्सियन, मिनी ईभी र डेरियन गरी तीन मोडल बिक्री गर्दै आएको छ। यीमध्ये एक्सियन ५ प्लस २ सिटे एसयूभी, मिनी ईभी ४ सिटे कम्प्याक्ट कार र डेरियन ७ सिटे एमपीभी हो। एक्सियनमा ६९.२ किलोवाट घण्टा क्षमताको ब्याट्री, १५० किलोवाट मोटर, ३१० न्यूटन मिटर टर्क र ५३० किलोमिटरसम्मको दूरी तय गर्ने जनाइएको छ।

    यस्तै, मिनी ईभीमा २५.१ किलोवाट घण्टा ब्याट्री, ३० किलोवाट मोटर र ३०१ किलोमिटरसम्मको दाबी गरिएको दूरी छ। डेरियनमा ६९.२ किलोवाट घण्टा ब्याट्री, १५० किलोवाट मोटर, ३१० न्यूटन मिटर टर्क र ५४० किलोमिटरसम्मको दाबी गरिएको दूरी रहेको कम्पनीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ