काठमाडौँ : टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा देशकै पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटर्क १५०’ (TVS NTORQ 150) सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा शनिबार काठमाडौंको नक्सालमा नयाँ स्कुटर सार्वजनिक गरेको हो ।
प्रमुख विवरण तथा विशेषताहरू :
-
मूल्य : रु. ३,६९,९०० (शुरुवाती सुरुवाती मूल्य)।
-
इन्जिन र पावर : १४९.७ सीसी, Single-Cylinder, 3-Valve, Air-Cooled इन्जिन।
-
अधिकतम पावर : १३.२ PS @ ७,००० RPM
-
टर्क : १४.२ Nm @ ५,५०० RPM
-
टप स्पीड : १०४ किमी/घण्टा (० देखि ६० किमी/घण्टाको गति ६.३ सेकेन्डमै लिने)
-
-
डिजाइन र लुक : स्टिल्थ एयरक्राफ्टबाट प्रभावित डिजाइन, क्वाड (Quad) एलईडी प्रोजेक्टर हेडल्याम्प, एरोडाइनामिक विङलेट्स, र स्पोर्टी स्प्लिट ग्र्याब रेल।
-
सुरक्षा (Safety) : यस सेग्मेन्टमै पहिलोपटक सिंगल-च्यानल ABS र ट्र्याक्सन कन्ट्रोल (Traction Control) प्रणाली उपलब्ध गराइएको छ।
-
स्मार्ट प्रविधि (Technology) :
-
५-इन्च फुल-कलर TFT डिस्प्ले
-
TVS SmartXonnect मार्फत टर्न-बाई-टर्न नेभिगेसन, Alexa र स्मार्टवाच कनेक्टिभिटी
-
राइडिङ मोडहरू (Street र Race modes)
-
-
उपलब्ध रङहरू : स्टिल्थ सिल्भर, रेसिङ रेड, टर्बो ब्लु र नाइट्रो ग्रिन।



