२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चाडपर्वमा अटोमोबाइलमा छुटको लहर : गाडी किन्दा १२ लाखसम्म बचत

images

  • २०८३ असोज १५, बिहीबार
  • 336
    SHARES
  • चाडपर्वमा अटोमोबाइलमा छुटको लहर : गाडी किन्दा १२ लाखसम्म बचत

    ठमाडौँ : नजिकिँदै गरेका ठूला चाडपर्वहरू__दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै नेपालका गाडी तथा मोटरसाइकल बिक्रेता कम्पनीहरूले आकर्षक फेस्टिभ अफरहरू सार्वजनिक गरेका छन्। पछिल्लो समय बाढी पहिरोका कारण केही सुस्त बनेको अटो बजारलाई चलायमान बनाउन र मौज्दात स्टक क्लियरेन्स गर्न अटो व्यवसायीहरूले भारी नगद छुट र उपहार योजना ल्याएका हुन्।

    यस पटकको चाडपर्व अफरमा सवारी साधन खरिद गर्दा न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम १२ लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिन्छ। नगद छुटका अतिरिक्त कम्पनीहरूले निःशुल्क सवारी कर (सडक दस्तुर), एक वर्षको अटो प्लस बीमा, निःशुल्क होम चार्जर, थप वारेन्टी र लामो समयसम्म निःशुल्क सर्भिसिङजस्ता सुविधाहरू समेटेका छन्।

    विभिन्न ब्रान्डहरूले ल्याएका प्रमुख अफरहरू यस प्रकार छन्:

    • एक्सपेङ: सीजी मोटर्सले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी 'एक्सपेङ जी–६' को खरिदमा सबैभन्दा धेरै अर्थात् सिधै १२ लाख रुपैयाँसम्मको विशेष छुट घोषणा गरेको छ। यसका साथै ६.६ किलोवाटको वालमाउन्ट चार्जर, एक आर्थिक वर्षको सडक कर, एक वर्षको निःशुल्क बीमा र घरमै टेस्ट ड्राइभ गर्ने सुविधा दिइएको छ।

    • होन्डा: स्याकार ट्रेडिङले 'फेस्टिभ अफर होण्डाको सफर' अन्तर्गत सीआरभी, एलिभेट र सिटी लगायतका कार खरिदमा १० लाख रुपैयाँसम्म नगद छुट, १ वर्षको सडक कर, फुल इन्स्योरेन्स र स्पट एक्सचेन्ज सुविधा ल्याएको छ (यो अफर कात्तिक ३० सम्म लागू हुनेछ)। दुईपांग्रेतर्फ 'यो दसैँ, आशाको सुरुवात' योजनामार्फत नयाँ बाइक वा स्कुटर खरिदमा स्क्र्याच कुपनबाट १ लाख रुपैयाँसम्म जित्न सकिनेछ। साथै, हरेक हप्ता सातै प्रदेशबाट एक-एक जनालाई १ लाख रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिनेछ।

    • जीएसी आयोन: सीजी मोटर्सको 'दशैंको बहार, आयोनको उपहार' योजना अन्तर्गत आयोनका ईभी खरिदमा ९ लाख रुपैयाँसम्म छुट पाइनेछ। साथै एक्सचेन्ज बोनस, एक वर्षको सवारी कर, अटो प्लस इन्स्योरेन्स र ६.६ किलोवाटको घरायसी चार्जर निःशुल्क उपलब्ध छ।

    • हुन्डाई: लक्ष्मी इन्टरकन्टिनेन्टलको 'हुन्डाई फेस्टिभ ड्राइभ २०८३' अन्तर्गत ३ लाख रुपैयाँसम्म सिधा नगद छुट र स्क्र्याच कार्डमार्फत थप ५ लाख गरी कुल ८ लाख रुपैयाँसम्मको फाइदा लिन सकिनेछ। यसबाहेक १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर, ३ वर्षको वारेन्टी र ६ वर्षसम्म निःशुल्क सर्भिसिङको व्यवस्था छ।

    • एमजी मोटर: पारामाउण्ट मोटर्सको 'ड्राइभ मोर, सेलिब्रेट मोर' (असोज ६ देखि छठसम्म) अफर अन्तर्गत एमजीका विद्युतीय तथा हाइब्रिड मोडलहरू (एमजी ४, एस-५, एस-६, आईएम-६ र यू-९ पिकअप) मा ३ लाख रुपैयाँसम्मको बचत हुन्छ। यसमा निःशुल्क अटो प्लस इन्स्योरेन्स, सडक कर र सहज फाइनान्स सुविधा समावेश छन्।

    • जीडब्लुएम (ग्रेटवाल मोटर): भीजी इम्पेक्सको 'गो विथ मोर' अफर अन्तर्गत ओरा फाइभ ईभी खरिदमा २ लाख र ह्याबल जोलियन म्याक्स ईभी खरिदमा ३ लाख रुपैयाँसम्मको लाभ मिल्नेछ। योजनामा कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, ७ किलोवाट चार्जर र एसेसरिजहरू समावेश छन्।

    • आइकार, ओमोडा र जेको: एसपीजी अटोमोबाइल्सले आइकार भी-२३ मा २ लाख छुट दिँदै ५१ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराएको छ, जसमा ११ वर्षको एक्सटेन्डेड वारेन्टी समेत छ। त्यसैगरी, ओमोडा ई-फाइभमा १ लाख, जेको जे-फाइभमा ३ लाख र जे-सिक्स टीमा २ लाख रुपैयाँ नगद छुटका साथै १ वर्षको कर, बीमा र ७ किलोवाटको चार्जर निःशुल्क दिइएको छ।

    • बजाज मोटरसाइकल र चेतक: हंसराज हुलासचन्द एन्ड कम्पनीले 'गेम अफ पावर' अभियानमार्फत नयाँ मोटरसाइकल खरिदमा १ लाख रुपैयाँसम्मको उपहार र पल्सर रेसिङ गेममार्फत विभिन्न पुरस्कारको व्यवस्था गरेको छ। त्यस्तै, 'चेतक फेस्टिभ फाइभ' अफर अन्तर्गत बजाज चेतक खरिद गर्दा ०% ब्याजमा ईएमआई, १ लाख रुपैयाँसम्म क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्षको ईएमआई भुक्तानी अवधि र प्रिमियम एसेसरिज प्राप्त हुनेछ।

    विशेष गरी विद्युतीय सवारी (इभी) तर्फ ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै अटो व्यवसायीहरूले चार्जर, बीमा र करको दायित्व आफैँ व्यहोर्ने रणनीति लिएका छन्। नयाँ गाडी वा बाइक किन्ने सोचमा रहेका उपभोक्ताहरूका लागि यो चाडपर्व निकै किफायती र लाभदायी हुने देखिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ