कात्तिक १८, काठमाडौँ : आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आज पाकिस्तान र न्युजिल्याण्डबीच खेल भइरहेको छ। कप्तान केन विलियम्सन र रचिन रविन्द्रको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले पाकिस्तानसामु जितका लागि ४०२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ४०१ रन बनाएको थियो। न्युजिल्याण्डका लागि रचिन रविन्द्रले १०८ रन र केन विलियम्सनले ९५ रन बनाएका थिए। विश्वकपमा रचिन रविन्द्रको तेस्रो शतक हो। यसअघि रविन्द्रले इंग्ल्यान्डविरुद्ध १ सय २३ र अष्ट्रेलियाविरुद्ध १ सय १६ रन बनाएका थिए।
बलिङमा पाकिस्तानका मोहम्मद वासिमले ३ विकेट लिएका थिए। यस्तै, हसन अली, इफ्तिखार अहमद र हरिस रौफले १/१ विकेट लिएका थिए।
७ खेलमा ८ अङ्कका साथ न्युजिल्याण्ड तालिकाको चौथो र ७ खेलमाखेलमा ६ अङ्क रहेको पाकिस्तान छैठौं स्थानमा छ। सेमिफाइनलमा पुग्न पाकिस्तानले आजको र अन्तिम खेलमा इंग्ल्याण्डलाई हराउनैपर्नेछ, साथै अरुको नतिजामा पनि भर पर्नुपर्नेछ।



