२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप

आईसीसी एकदिवसीय विश्वकप : अष्ट्रेलियाले इंग्ल्यान्डलाई दियो २८७ रनको लक्ष्य

images

  • २०८० कात्तिक १८, शनिबार
  • 626
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप : अष्ट्रेलियाले इंग्ल्यान्डलाई दियो २८७ रनको लक्ष्य

    कात्तिक १८, काठमाडौँ : आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आज अष्ट्रेलिया र इंग्ल्यान्डबीच खेल भइरहेको छ। अष्ट्रेलियाले इंग्ल्यान्डसामु जितका लागि २८७ रनको लक्ष्य प्रस्तुत गरेको छ। 


    अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९.३ ओभरमा २८६ रनमा अल आउट भयो। अष्ट्रेलियाका मार्नस लाबुसेनले सर्वाधिक ७१ रन बनाएका थिए।  यस्तै, क्यामरन ग्रीनले ४७ रन, स्टिभ स्मिथले ४४ रन, मार्कस स्टोइनिसले ३५ रन र एडम जाम्पाले २९ रन बनाएका थिए। 

    बलिङमा इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक ४ विकेट लिएका थिए। यस्तै, मार्क वुड र आदिल राशिदले समान २/२ विकेट तथा डेविड विल्ली र लियाम लिभिङस्टनले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ