२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

२० करोडको प्रायोजन सम्झौतासँग सिद्धार्थ बैंकको नयाँ पहिचान, एनपिएलमा ठूलो लगानी

images

  • २०८१ मंसिर २, आइतबार
  • 2.9K
    SHARES
  • २० करोडको प्रायोजन सम्झौतासँग सिद्धार्थ बैंकको नयाँ पहिचान, एनपिएलमा ठूलो लगानी

    काठमाडौँ : सिद्धार्थ बैंकले नेपाल प्रिमियर लिग (एनपिएल) को पाँच वर्षका लागि मुख्य प्रायोजक बन्ने सम्झौता नेपाल क्रिकेट संघ (क्यान) सँग गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा सम्झौताबारे सार्वजनिक गरिएको थियो।

    क्यानका सचिव पारस खड्काले यो प्रायोजन नेपाली खेलकुद इतिहासकै ठूलो भएको दाबी गरे पनि रकम खुलाएका थिएनन्। सिद्धार्थ बैंकले पाँच वर्षको अवधिको लागि क्यानलाई २० करोड रुपैयाँ उपलब्ध गराउनेछ, जसमा प्रत्येक वर्ष ४ करोड पर्नेछ।

    त्यसैगरी क्यानले एनपिएलका सबै खेलहरू भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स मार्फत प्रत्यक्ष प्रशारण गरिने जानकारी दिएको छ। खेल प्रशारणका लागि केहि अतिरिक्त खर्च पनि भएको सचिव पारस खड्काले बताए।

    एनपिएलमा आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्स सहभागी हुनेछन्। प्रतियोगिता मंसिर १५ गते कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ।

    तर, मंसिर १६ गते हुने उपनिर्वाचनका कारण त्यस दिन कुनै खेल नहुने क्यानले स्पष्ट गरेको छ। सो दिन कीर्तिपुर नगरपालिकासहित अन्य रिक्त स्थानीय तहमा निर्वाचन हुने भएकाले खेल स्थगित गरिएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ