कात्तिक १९, काठमाडौं : आईसीसी टी–२० विश्व कप छनोट अन्तर्गत उपाधिका लागि आज घरेलु टोली नेपाल र ओमान खेल्दैछन्। नेपाल र ओमानबीचको फाइनल खेल आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ११ बजे सुरु हुनेछ। नेपाल र ओमानबीच टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म ५ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएको छ।
नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउनुको साथै विश्वकपमा पुगेका थिए।समूह 'ए' मा रहेका दुवै टोली लिग चरणमा समेत भेटेका थिए।
लिग चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो। घरेलु टोली नेपाल ओमानसँग समूह चरणमा ५ रनको पराजित भएको थियो। युएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोलीको मनोबल उच्च छ। घरेलु मैदान र दर्शकले नेपाल झनै बलियो बन्नेछ।



