काठमाडौं : सोलुखुम्बुको थुलुङ दुधकोशी बहु–प्राविधिक शिक्षालय कोशी प्रदेशकै सबै भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने प्राविधिक शिक्षालय बनेको छ । थुलुङ दूधकोशी गाउँपालिका ६, मुक्लीमा अवस्थित शिक्षालयले डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ तेश्रो सेमेस्टरमा ६५.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै प्रदेशकै सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने प्राविधिक शिक्षालय बनेको हो ।
शिक्षालयको पहिलो ब्याच अन्तर्गत तेश्रो सेमेस्टरका परीक्षामा सामेल ३६ जना विद्यार्थीहरु मध्ये ६५.७९ प्रतिशत अर्थात २५ जना उत्तीर्ण भएका छन् । परीक्षामा राष्ट्रिय सेकेन्डरी स्कुल सुनसरी ५६.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै दोश्रो भएको छ। राष्ट्रिय सेकेन्डरीले ४६ जना विद्यार्थी मध्ये २६ उत्तीर्ण गराएको छ। त्यस्तै, मनमोहन मेमोरियल पोलिटेक्निक मोरङ ४८.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउदै तेश्रो भएका छन् ।
मनमोहन मेमोरियलले ४८ जना परिक्षार्थी मध्ये २३ जना उत्तीर्ण गराएको परीक्षा बोर्डले जनाएको छ ।कोशी प्रदेशमा सिभिल इन्जिनियरिङ विषय अध्ययन हुने २७ वटा शिक्षालय छन् । यस विद्यिालयमा सोलुखुम्बुसहित ओखलढुंगा, खोटाङ, सुनसरीसहितका जिल्लाका विद्यार्थीहरु अध्ययनरत छन् ।




