कात्तिक १९, काठमाडौं :आईसीसी टी–२० विश्व कप छनोट अन्तर्गत उपाधिका लागि आज घरेलु टोली नेपाल र ओमान खेल्दैछन्।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे देखि खेल सुरू खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ। नेपालले आज एक परिवर्तन गरिएको छ। दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन्।
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने



