काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरू अब एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष हेर्न सकिने भएको छ।
एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्क बीचको सम्झौतापछि डिजिटल माध्यमबाट खेलहरू प्रसारण गर्न सहमति भएको हो।
दर्शकहरूले युट्युब मार्फत सजिलै खेलहरू हेर्न सक्नेछन् भने टेलिभिजनमा स्टार स्पोर्ट्स नेटवर्क मार्फत पनि खेलहरूको प्रसारण हुनेछ।
प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने छ। उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्नेछन्।
यस किसिमको डिजिटल पहुँचले एनपीएललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकहरूमा थप लोकप्रिय बनाउने अपेक्षा गरिएको छ।



