२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनपीएल उद्घाटन खेलको टिकट तीन दिनमै ‘सोल्ड आउट’!

images

  • २०८१ मंसिर १२, बुधबार
  • 1.8K
    SHARES
  • एनपीएल उद्घाटन खेलको टिकट तीन दिनमै ‘सोल्ड आउट’!

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलको टिकट तीन दिन अघि नै सोल्ड आउट भएको छ। विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच मंसिर १५ गते हुने उद्घाटन खेलको टिकट सोल्ड आउट भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन्।

    उक्त खेलको लागि काठमाडौँको त्रिभुवन विश्वविद्यालय मैदानको कूल क्षमता १२ हजार जति छ। यसमा भिआईपी टिकटको संख्या १ हजार २ सय रहेकोमा ८ सय टिकट बिक्री भइसकेका छन्। साथै सामान्य टिकट पनि लगभग सबै सोल्ड आउट भइसकेको छ।

    सिद्धार्थ बैंक जोन विशेष रूपमा मुख्य प्रायोजकको लागि छुट्याइएको छ। यसपटक क्यानले दर्शकहरूको सुविधा सुनिश्चित गर्न फ्यान जोन पनि छुट्याएर टिकट बिक्री गरेको थियो। क्यानले मंसिर १० गते बेलुका ८ बजेबाट टिकट बिक्री सुरु गरेको थियो र तीन दिनमै सबै टिकट सोल्ड आउट भएको हो।

    एनपीएलमा मंसिर १५ गतेदेखि ८ टिमहरूको सहभागिता रहनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ