२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ओमोडा ई५ डिलक्स एसयूभीद्वारा एनपीएलको उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने

images

  • २०८१ मंसिर १४, शुक्रबार
  • 1.1K
    SHARES
  • ओमोडा ई५ डिलक्स एसयूभीद्वारा एनपीएलको उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने

    काठमाडौँ : ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सको अभिभावक कम्पनी शारडा ग्रुपले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा ई–फाइभ (ई५) डिलक्स एसयूभीले पुरस्कृत गर्ने घोषणा गरेको छ।

    ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणको ‘ड्रिभन बाई’ सह–प्रायोजक हो। २०२४ को अगस्टमा नेपालमा सार्वजनिक गरिएको ओमोडा ई–फाइभको डिलक्स भेरिएन्टको बजार मूल्य ५५ लाख ९९ हजार रुपैयाँबाट सुरू हुन्छ। ओमोडा ई–फाइभ आकर्षक डिजाइन र अत्याधुनिक सुविधाहरू सहित एक पूर्ण रूपमा विद्युतीय गाडी हो, जसलाई उत्कृष्ट खेल प्रदर्शनको लागि सम्मान र प्रोत्साहनको रूपमा प्रदान गरिनेछ।

    ओमोडा एन्ड जेइको नेपाल प्रिमियर लिग र नेपाल क्रिकेट संघ (क्यान) बीच गत मंसिर ११ गते सम्पन्न प्रायोजन सम्झौतामा शारडा ग्रुपले उक्त पुरस्कार दिने घोषणा गरेको हो। सो कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, क्यान र एनपीएलका सदस्यहरू, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा र अन्य व्यवस्थापकीय सदस्यहरूको उपस्थिति रहेको थियो।

    नेपाल प्रिमियर लिगको पहिलो संस्करण एनपीएल २०२४ का खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १५ मंसिरदेखि पुस ६ गतेसम्म सञ्चालन हुने छन्। उपाधिका लागि देशभरका आठ टोलीले प्रतिस्पर्धा गर्ने यो लिग निकै उत्साहजनक हुने अपेक्षा गरिएको छ।

    क्रिकेट नेपालमा खेलिने र हेरिने सबैभन्दा लोकप्रिय खेलमध्ये एक हो, जसको माध्यमबाट नेपाली फ्यानहरू जोडिन्छन्। शारडा ग्रुपको यो विशेष घोषणाले नेपाली क्रिकेटको सफलता र विकासमा महत्त्वपूर्ण भूमिका निभाउने र नेपालमा खेलक्षेत्रको समग्र उचाइ बढाउन योगदान पुर्याउने कम्पनीले अपेक्षा गरेको छ।

    ओमोडा ई५ डिलक्सका विशेषताहरू

    यस गाडीमा ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री छ, जसले डब्ल्युएलटीपी मानक अनुसार ४ सय ३० किलोमिटरको रेंज प्रदान गर्दछ। यो गाडी फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर र ३ सय ४० एनएमको टर्क द्वारा संचालित छ।

    यस गाडीमा एलईडी प्रोजेक्टर हेडलाइट्स, १८ इन्चका अलोय ह्वील्स, ब्ल्याक, ब्लू र ह्वाइट टोनका लेदर सीटहरू र २४.६ इन्चको ड्युअल स्क्रिन जस्ता विशेषताहरू छन्।

    यस गाडीमा एडास ड्राइभिङ असिस्टेन्स सुविधा पनि उपलब्ध छ, जसमा लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेंज असिस्ट, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, ट्राफिक जाम अवोइडेन्स असिस्टेन्ट लगायत १७ भन्दा बढी एडास सुविधाहरू समावेश छन्।

    ओमोडा ई५ को इन्टेरियरमा २४.६ इन्चको ड्युअल स्क्रिन, २ सय ५६ रंगका एम्बियन्ट लाइट्स, प्रिमियम ८ सोनी स्पिकरहरू, ५० किलोवाटको वायरलेस चार्जर र भेन्टिलेटेड सीटहरू छन्।

    यस गाडीको एक्सटेरियर फिचरहरूमा एक्स आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड–मेट्रिक्स–टेललाइट र टी आकारको डेटाइम–रनिङ–हेडलाइट समावेश छन्। यसको अर्को आकर्षक विशेषता भनेको २८ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ