काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा भिभोले आधिकारिक स्मार्टफोन पार्टनरको रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ। भोलिदेखि देखि सुरु हुने यस लिगका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले भिभोसँग विशेष साझेदारी गरेको हो।
आईपीएल, यूईएफए युरो कप जस्ता विश्वस्तरीय प्रतियोगितामा पूर्व साझेदार रहिसकेको भिभोले अब नेपाली क्रिकेटको प्रमुख फ्रेन्चाइज लिगमा पनि प्रायोजन गर्ने अवसर पाएको छ।
प्रतियोगिता अवधिभर भिभोले डिजिटल र भौतिक गतिविधिहरूको विविधता प्रस्तुत गर्नेछ। यसमा अन्तर्क्रियात्मक प्रतियोगिता, प्रविधि प्रदर्शनी र दर्शकहरूको लागि रमाइलो कार्यक्रमहरू समावेश हुने कम्पनीले जानकारी दिएको छ।



