२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

त्रिवि विद्यार्थीलाई एनपीएल टिकटमा ५०% छुट

images

  • २०८१ मंसिर १५, शनिबार
  • 1.2K
    SHARES
  • त्रिवि विद्यार्थीलाई एनपीएल टिकटमा ५०% छुट

    काठमाडौँ : आज शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई टिकटमा विशेष छुटको व्यवस्था गरिएको छ।

    नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा एनपीएलको खेल हेर्न चाहने त्रिविका सम्पूर्ण विद्यार्थीहरूले टिकट खरिद गर्दा ५० प्रतिशत छुट पाउने उल्लेख छ। यो सुविधा त्रिभुवन विश्वविद्यालय र क्यानबीच भएको सहमति अनुसार लागू गरिएको हो।

    विज्ञप्तिमा भनिएको छ, “प्रतियोगिता अवधिभर त्रिवि मैदान, कीर्तिपुरमा हुने सबै खेलका लागि यो छुट लागू हुनेछ।”

    क्यानले टिकटको मूल्य निम्नानुसार तोकेको छः

    • लिग चरणका खेलहरूका लागि:
      • जनरल टिकट: रु ३ सय 
      • भीआईपी टिकट: रु ५ सय 
    • प्लेअफ खेलहरूका लागि:
      • जनरल टिकट: रु ५ सय 
      • भीआईपी टिकट: रु ७ सय 
    • फाइनल खेलका लागि:
      • जनरल टिकट: रु ५ सय 
      • भीआईपी टिकट: रु १ हजार 

    शनिबारदेखि शुरू हुने प्रतियोगिताको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने छ। एनपीएलमा आठ टोलीको सहभागिता रहनेछ।

    नोट: छुटको सुविधा पाउन विद्यार्थीहरूले आफ्नो त्रिवि विद्यार्थी परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ