२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
नेपाल प्रिमियर लिग

एनपीएलमा विराटनगर किङ्सले दियो जनकपुरलाई १२८ रनको लक्ष्य

images

  • २०८१ मंसिर १५, शनिबार
  • 1.6K
    SHARES
  • एनपीएलमा विराटनगर किङ्सले दियो जनकपुरलाई १२८ रनको लक्ष्य

    काठमाडौँ :  नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनाएका थियो। 

    विराटनगरका लागि मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाएका थिए। यस्तै, आकिब इलियासले १५ रन , निकोलस किर्टनजले ९ र सन्दीप तथा अनिल खरेलले समान ७/७ रन बनाएका थिए।

    बलिङमा जनकपुर बोल्ट्सका लागि ललित राजबंशीले सर्वाधिक ३ विकेट, किशोर महतो र हर्ष ठाकरले समान २/२ विकेट तथा बेन माइक र मोहमद मोहसिनले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ