काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा आज जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई ८ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ।
विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। जनकपुरका लागि लाहिरु मिलान्थाले सर्वाधिक अविजित ७५ रन तथा हर्ष ठाकरले अविजित २९ रन बनाएका थिए।
बलिङमा विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान १/१ विकेट लिएका थिए।
यस अघि, त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनाएका थियो र जनकपुर बोल्ट्सलाई १ सय २८ रनको लक्ष्य दिएको थियो
विराटनगरका लागि मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाएका थिए। यस्तै, आकिब इलियासले १५ रन , निकोलस किर्टनजले ९ र सन्दीप तथा अनिल खरेलले समान ७/७ रन बनाएका थिए।
बलिङमा जनकपुर बोल्ट्सका लागि ललित राजबंशीले सर्वाधिक ३ विकेट, किशोर महतो र हर्ष ठाकरले समान २/२ विकेट तथा बेन माइक र मोहमद मोहसिनले समान १/१ विकेट लिएका थिए।



