२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बागमती प्रदेशका ब्लाइण्ड क्रिकेट खेलाडीलाई नगद पुरस्कार

images

  • २०८१ मंसिर १६, आइतबार
  • 1.9K
    SHARES
  • बागमती प्रदेशका ब्लाइण्ड क्रिकेट खेलाडीलाई नगद पुरस्कार

    काठमाडौँ : पाकिस्तानमा जारी ब्लाइण्ड क्रिकेट टी २० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमका बागमती प्रदेशका खेलाडीहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषदले नगद पुरस्कार घोषणा गरेको छ।

    बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने बागमती प्रदेशका चार खेलाडीलाई जनही २० हजार नगदबाट सम्मान गर्ने जानकारी दिएका छन्।

    ब्लाइण्ड क्रिकेट टिमका सदस्य सागर लामा, प्रविन स्याङ्गतान, अमिस गुरागाईँ र सन्त पहारी बागमती प्रदेशबाट विश्वकपमा सहभागी भएका छन्।

    नेपाली टोलीले चौथो पटक ब्लाइण्ड क्रिकेट विश्वकप खेलेको थियो र यसपालि पहिलो पटक सेमिफाइनलमा प्रवेश गर्दै ऐतिहासिक सफलता प्राप्त गरेको थियो। ६ टोलीको प्रतिस्पर्धामा नेपाल चौथो स्थानमा रहँदै सेमिफाइनल पुग्न सफल भएको हो।

    दृष्टिविहीन खेलाडीहरुले खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने क्षमता देखाएका छन् र यो सफलता नेपालको ब्लाइण्ड क्रिकेटको लागि ठूलो उपलब्धि हो। बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाले भने "यी खेलाडीहरुले मात्र आफ्नो क्षमता प्रमाणित गरेका छैनन्, अपितु अन्य दृष्टिहीन खेलाडीहरुका लागि प्रेरणा बनेका छन्। हामी यसो गरेर उनीहरुलाई सानो सम्मान दिन चाहन्छौं।"

    लिग चरणमा नेपालले अफगानिस्तान र दक्षिण अफ्रिकालाई हराएको थियो, जबकि श्रीलंका, बंगलादेश र पाकिस्तानसँग पराजित भएको थियो। सेमिफाइनलमा पाकिस्तानसँग पराजित भए पनि नेपाली टिमले आफ्नो उच्च प्रदर्शनलाई सबैको ध्यान आकर्षित गराएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ