२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
टी-२० विश्वकप एसिया छनोट

सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो उपाधि

images

  • २०८० कात्तिक १९, आइतबार
  • 776
    SHARES
  • सुपर ओभरमा नेपाललाई  हराउँदै ओमानले जित्यो उपाधि

    कात्तिक १९, काठमाडौं : टी–२० विश्वकप एसिया छनोट फाइनल खेलमा नेपालमाथि ओमानले सुपर ओभरमा उपाधि जितको छ। सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो। नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले पनि समान १८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।

    जितका लागि नेपालले दिएको १८५ रन लक्ष्य ओमानले २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनायो। ओमानका लागि कश्यप प्रजापतिले सर्वाधिक ६३ रन, अकिब इलियासले ३३ रन, जीशान मकसूदले २६ रन र  अयान खानले १८ रन  बनाएका थिए।


    बलिङमा नेपालका लागि करण केसी र सन्दीप लामिछाने सर्वाधिक २ विकेट लिएका थिए। यसैगरी, सोमपाल कामी,अभिनाष बोहोरा,विवेक यादव, गुल्शन झा समान १–१ विकेट लिएका थिए।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो। नेपालका लागि गुलशन झा र रोहित पौडेलले अर्धशतकीय पारी खेलेका थिए। झाले २० बलमा ५ चौका र ४ छक्का ततथा रोहित पौडेलले ५० बलमा ५ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।

    गुलशनले  टि २० आई करिअरको पहिलो तथा  रोहितले पाँचौं अर्धशतक पूरा गरेका थिए। नेपालका लागि गुलशन झाले सर्वाधिक ५४ रन, कप्तान रोहित पौडेलले ५२ रन कुशल भुर्तेल ३१ रन तथा करण केसीले २० रन र सन्दीप जोराले १० रन बनाएका थिए। 


    बलिङमा ओमनका बिलाल खानले सर्वाधिक ३ विकेट लिएका थिए। यस्तै,अकिब इलियासले २ विकेट तथा जिशान मकसूद १ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ