२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
नेपाल प्रिमियर लिग

एनपीएलमा काठमान्डु गुर्खाजले दियो चितवन राइनोजलाई ११२ रनको लक्ष्य

images

  • २०८१ मंसिर १७, सोमबार
  • 1.6K
    SHARES
  • एनपीएलमा काठमान्डु गुर्खाजले दियो चितवन राइनोजलाई ११२ रनको लक्ष्य

    काठमाडौँ :  नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा काठमान्डु गुर्खाजले  चितवन राइनोजलाई १ सय १२ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको काठमान्डु गुर्खाजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएका थियो। 

    गुर्खाजका लागि सुमित महर्जनले २९ रन, माइकल लेविटले २५ रन, डेन डउथवेटले १९ रन, शंकर रानाले १६ रन बनाएका थिए भने अन्य खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन्। 

    बलिङमा राइनोजका लागि धारिलो बलिङ गरेका तनविरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए भने अन्य बलिङहरु रिजन ढकाल,कुशल मल्ल, अमर रौतेला तथा लुक बेन्केनस्टाइनले समान १/१ विकेट लिएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ