काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ।
काठमाडौँले दिएको ११२ रनको लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। चितवनका लागि सन्तोष कार्कीले २८ रन, लुक बेन्केनस्टाइनले २२ रन, हसन इसाखिलले १२ रन तथा शरद भेषावकर, कुशल मल्ल र रवि बोपाराले समान ११/११ रन बनाएका थिए।
बलिङमा काठमाडौँका लागि शाहब आलम सर्वाधिक ३ विकेट लिएका थिए भने डेन डउथवेट रगेर्हार्ड इरास्मसले समान १/१ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ गुर्खाजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएका थियो।
काठमाडौँका लागि सुमित महर्जनले २९ रन, माइकल लेविटले २५ रन, डेन डउथवेटले १९ रन र शंकर रानाले १६ रन बनाएका थिए भने अन्य खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन्।
बलिङमा चितवन राइनोजका लागि धारिलो बलिङ गरेका तनविरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए भने अन्य बलिङहरु रिजन ढकाल, कुशल मल्ल, अमर रौतेला तथा लुक बेन्केनस्टाइनले समान १/१ विकेट लिएका थिए ।



