काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुदैछ। यस खेलमा टस जित्दै कर्णाली का कप्तान सोमपाल कामीले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्। जनकपुरको टोली अनिल शाहको नेतृत्वमा मैदान उत्रिएको छ भने कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गरेका छन्।
शनिबार भएको एनपीएल पहिलो खेलमा जनकपुरले विराटनगरलाई ५ विकेटले पराजित गर्दै दुई महत्वपूर्ण अंक जोडिसकेको छ भने आज बिहान भएको खेलमा चितवनले काठमाडौंलाई ५ विकेटले पराजित गर्दै आफ्नो लिग अभियानमा शानदार सुरुआत गरेको छ।



