२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनपीएलमा सुदूरपश्चिमले दियो विराटनगरलाई १८३ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

images

  • २०८१ मंसिर १८, मंगलबार
  • 1.8K
    SHARES
  • एनपीएलमा सुदूरपश्चिमले दियो विराटनगरलाई १८३ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई १ सय ८३ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रन बनाएका थियो। कप्तान ऐरीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएका छन्। 
     
    सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले ५७ रन र ब्राण्डन म्याकमुलेनले ३६ रन बनाएका थिए। ऐरीले २४ बलमा ५७ रन बनाएका थिए। यस्तै, बिनोद भण्डारीले २३ रन, इशान पाण्डेले २१ रन, सैफ जैबले १४ रन तथा स्कटले १० रन बनाएका थिए।

    बलिङमा विराटनगरका लागि अनिल खरेलले ३ विकेट तथा क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ