काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा आजको दोश्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्सजर्सलाई १० विकेटले हराउँदै एनपीएलमा पहिलो जित हात परेको छ। यस अघि, लगातार दुई खेल जित हात परेको पोखराको यो पहिलो हार हो ।
लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा बिना विकेट गुमाउँदै पूरा गर्यो। पोखराका लागि एन्ड्रिज गौसले अविजित १०४ रन र दिनेश खरेलले अविजित ६१ रन बनाएका थियो। गौस र दिनर्श खरेलले कीर्तिमानी १७६ रनको साझेदारी गरेसंगै पोखराले लुम्बिनीमाथि सानदार जित हात परेको छ।
यस्तै, एनपीएलमा पहिलो शतक हान्ने खेलाडी एन्ड्रिज गौस रहेका छन् भने गौसले एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार समत गरेका थियो जसमा उनले २० बलमै ५ चौका र ३ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन्।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएका थियो। लुम्बिनीका लागि रोहित पौडेलले ९५ रन, टम मूर्सले ४५ तथा सन्दीप जोराले १८ रन बनाएका थिए भने अन्य खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन्।
बलिङमा पोखराका लागि बिपिन खत्रीले २ विकेट तथा म्याट क्रिचले १ विकेट लिएका थिए।



