२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
नेपाल प्रिमियर लिग

एनपिएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर भिड्दै

images

  • २०८१ मंसिर २२, शनिबार
  • 716
    SHARES
  • एनपिएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर भिड्दै

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा बिहान ९:१५ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। लिगमा लुम्बिनीले अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको छ। पहिलो खेलमा विराटनगर किङ्ग्ससँग २ विकेटले र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको लुम्बिनी आज पहिलो जितको खोजीमा हुनेछ।

    दोस्रो तर्फ, सुदूरपश्चिम रोयल्सले यसअघिका दुवै खेल जितेर राम्रो लयमा छ। रोयल्सले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको थियो।

    त्यस्तै, आजको दोस्रो खेल दिउँसो १:१५ बजे सुरू हुनेछ, जसमा कर्णाली याक्स र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्। कर्णालीले अहिलेसम्म तीन खेलमध्ये एकमा जित र दुईमा हार व्यहोरेको छ भने विराटनगरले पनि तीन खेल खेल्दै एकमा जित र दुईमा हारको नतिजा पाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ