काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुदैछ। यस खेलमा टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका छन्। लुम्बिनीको टोली रोहित पौडेलको नेतृत्वमा मैदान उत्रिएको छ भने सुदूरपश्चिमको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरेका छन्।



