२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
नेपाल प्रिमियर लिग

एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

images

  • २०८१ मंसिर २२, शनिबार
  • 3.2K
    SHARES
  • एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा आजको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै लगातार तेस्रो जित गरेको छ। सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य लुम्बिनीले मात्र ४५ बनाएका थियो। लुम्बिनीका लागि विवेक यादवले ७७ रन, सन्दीप जोराले २० रन तथा दिनेश अधिकारीले १४ रन बनाएका थिए भने भने अन्य खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन्।

    बलिङमा सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलेन र सैफ जैबले समान ३/३ विकेट तथा स्कट कुग्गेलिजनले २ र अविनाश बोहराले १ विकेट लिएका थिए।

    यस अधि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन बनाएका थियो। सुदूरपश्चिमका लागि सैफ जैबले ९० रन, दिपेन्द्र सिंह ऐरीले ३९ रन, ब्राण्डन म्याकमुलेनले २३ रन र बिनोद भण्डारीले १७ रन बनाएका थिए।

    बलिङमा लुम्बिनीका लागि रामोन सिमन्ड्सले २ विकेट तथा रोहित पौडेल र विवेक यादवले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ