२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौं गुर्खाजको रोमाञ्चक जीत: विराटनगरलाई एक विकेटले पराजित

images

  • २०८१ मंसिर ३०, आइतबार
  • 1.6K
    SHARES
  • काठमाडौं गुर्खाजको रोमाञ्चक जीत: विराटनगरलाई एक विकेटले पराजित

    काठमाडौँ : नेपाल प्रिमियर लिगअन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई रोमाञ्चक रुपमा एक विकेटले पराजित गरेको छ।

    विराटनगरले दिएको १ सय १८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा नौ विकेट गुमाउँदै पूरा गर्‍यो।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा १ सय १७ रनको योगफल बनायो। विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रनको योगदान गरे। यस्तै, दीपक बोहराले २० रन, स्कट एडवार्ड्सले १५ रन, बसिर अहमदले १३ रन र निकोलस किर्टनले अविजित १२ रन बनाए।

    अन्य ब्याटरमध्ये लोकेश बमले ८ रन, सुवास भण्डारीले ६ रन र स्मात अलामले ५ रन जोडे। सन्दीप लामिछाने शून्यमा आउट हुँदा अनिल खरेल शून्य रनमै अविजित रहे।

    काठमाडौं गुर्खाजका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै विराटनगरलाई कम स्कोरमा रोक्न सफल भए।

    लक्ष्य पछ्याउन आएको काठमाडौंका लागि खेलको अन्त्यसम्म कडा संघर्ष देखियो। नौ विकेट गुमेपछि पनि निर्धारित लक्ष्य पूरा गर्दै टोलीले एक विकेटले जित दर्ता गर्‍यो।

    यो जितसँगै काठमाडौंले लिगमा महत्वपूर्ण दुई अंक हासिल गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ