कात्तिक १९, काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतको लगातार आठौं जित हो। आइतबार कलकत्ताको इडेन गार्डेनमा भएको खेलमा भारतले अफ्रिकाविरुद्ध २४३ रनको फराकिलो कीर्तिमानी जित निकालेको हो।
भारतले दिएको ३२७ रनको लक्ष्य पछ्याएको अफ्रिका २७.१ ओभरमा ८३ रनमा अल आउट भयो। अफ्रिकाका लागि ४ खेलाडी बाहेकले अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
बलिङमा भारतका रविन्द्र जडेजा सर्वाधिक ५ विकेट लिएका थिए। यस्तै, मोहम्मद शमीले र कुलदिप यादवले समान २ तथा मोहम्मद सिराज १ विकेट लिएका थिए।
इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३२६ रन बनायो। विराट कोहलीले आफ्नो ३५ औं जन्मदिनमा ४९ ओडी शतक प्रहार गर्दै सचिन तेन्दुलकरको बराबरी गरेका छन्। तेन्दुलकरले ४५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए भने काेहलीले मात्र २७७ इनिङ्समा याे उपलब्धि हासिल गरेका छन्।
विराट कोहली र श्रेयस ऐरको उत्कृष्ट ब्याटिङमा भारतले अफ्रिकासामु ३ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ। भारतका लागि अनुभवी ब्याट्सम्यान विराट कोहलीले १२१ बलको सामना गरी अविजित १०१ रन बनाएका थिए। भारतका लागि श्रेयस ऐरले ७७ रन, रोहित शर्माले ४० रन, रविन्द्र जडेजाले २८ रन, शुभमन गिलले २३ रन र सुर्यकुमार यादवले २२ रन बनाएका थिए।
बलिङमा दक्षिण अफ्रिकाका लुंगी नगाइदी, मार्को ह्यान्सन, कागिसो रबाडा, केशव महाराज, समान १/१ विकेट लिएका थिए।



