२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईपीएलमा मुम्बई इन्डियन्सको तेस्रो जित, हैदराबाद ४ विकेटले पराजित

images

  • २०८२ वैशाख ५, शुक्रबार
  • 1.2K
    SHARES
  • आईपीएलमा मुम्बई इन्डियन्सको तेस्रो जित, हैदराबाद ४ विकेटले पराजित

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत बिहीबार सम्पन्न खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो तेस्रो जित दर्ता गरेको छ। जितसँगै मुम्बईले ७ खेलबाट ६ अंक बनाएको छ र तालिकाको सातौं स्थानमा उक्लिएको छ। हैदराबाद भने ७ खेलमा ४ अंकसहित नवौं स्थानमा रहेको छ।

    हैदराबादले दिएको १६३ रनको लक्ष्य मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाउँदै सहज रूपमा पूरा गर्‍यो। मुम्बईका लागि विल ज्याक्सले सर्वाधिक ३६ रन, रायन रिकल्टनले ३१ रन, रोहित शर्मा र सूर्यकुमार यादवले समान २६ रन तथा हार्दिक पान्ड्या र तिलक वर्माले समान २१ रन बनाएका थियो।

    बलिङमा हैदराबादका लागि कप्तान प्याट कमिन्सले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए भने इशान मलिङ्गा र राहुल चहरले क्रमशः २ र १ विकेट लिएका थियो।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। जसका लागि अभिषेक शर्माले ४० रन, हेनरिच क्लासेनले ३७ रन र ट्राभिस हेडले २८ रनको योगदान दिएका थियो।

    बलिङमा मुम्बईका लागि विल ज्याक्सले ३ ओभरमा १४ रन दिँदै २ विकेट लिए भने ट्रेन्ट बोल्ट, हार्दिक पान्ड्या र जसप्रित बुमराहले समान १-१ विकेट लिएका थियो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ