२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नयाँ बानेश्वरमा एचसी आरसी इजुकेशन हबको नयाँ शाखा उद्घाटन

images

  • २०८२ वैशाख ९, मंगलबार
  • 546
    SHARES
  • नयाँ बानेश्वरमा एचसी आरसी इजुकेशन हबको नयाँ शाखा उद्घाटन

    काठमाडौँ : नयाँ बानेश्वरमा आइतबार एक कार्यक्रमका बीच शैक्षिक परामर्श केन्द्र (एचसी आरसी इजुकेशन हब) को समुद्घाटन सम्पन्न भएको छ ।

    केन्द्र स्थापनाको मूल उदेश्य उच्च शिक्षा हासिल गर्न युरोप, अमेरिका लगायतका देशहरुमा जान चाहने विद्यार्थीहरुका लागि परामर्श तथा मार्ग निर्देश गर्ने र आवश्यक सहजीकरण गर्ने रहेको केन्द्रका अध्यक्ष रोशनी तिमल्सिनाले जानकारी गराइन् ।

    यो केन्द्रको मुख्य अफिस ललितपुरको कुमारीपाटीमा झण्डै ३ वर्ष देखि सञ्चालनमा रहेको छ । एचसी आरसी इजुकेशन हबले जापान, अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका, युरोप लगायतका मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुका लागि तयारी शिक्षा आयल्स, पिटिई, जापानी भाषा, स्याट लगायतका क्षेत्रमा सहजीकरण गर्दै आएको संस्थापक संजीव बस्नेतले जानकारी दिए ।

    उनी भन्छन् ‘यो छोटो समयमै यो संस्थाले झण्डै ३ सय जना विद्यार्थीहरुलाई विभिन्न मुलुकहरुमा पठाई सकेको छ । विद्यार्थीहरुको अत्यधिक मागका कारण नयाँ बानेश्वरमा पनि शाखा खोलीएको हो ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ