कात्तिक २१, काठमाडौं : आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा बङ्गलादेशले श्रीलङ्कामाथि ३ विकेटको सानदार जित निकालेको छ। हारसँगै श्रीलङ्काको सेमिफाइनलको बाँकी आशा सकियो भने शीर्ष ८ मा परेर च्याम्पियन्स ट्रफीमा छनोट हुने आशामा समेत धक्का लागेको छ।
श्रीलङ्काले दिएको २८० रनको लक्ष्य पछ्याएको बङ्गलादेश ४१.१ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। बङ्गलादेशका लागि नाज्मुल हसन सान्टोले सर्वाधिक ९० रन र सकिब अल हसनले ८२ रन बनाएका थिए। यस्तै,ओपनर लिटन दासले २३ रन, महमुदूल्लाह रियादले २२रन, मुुश्फिकुर रहिमले १० रन बनाएका थिए।
यस्तै, बलिङमा श्रीलंकाका दिलशान मदुशानकाले सर्वाधिक ३ तथा महेश थिक्सेना र एन्जिलो म्याथ्युजले समान २२ विकेट लिएका थिए।
यसअघि दिल्लीमा टस हारेर पहिला ब्याटिङको गरेको श्रीलंका ४९.३ ओभरमा २७९ रनमा अल आउट भयो। श्रीलंकाका चरिथ असलंकाले १०५ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक १०८ बनाएका थिए। श्रीलंकाका लागि ओपनर पाथुम निसंका ४१ रन, धनन्जय डि सिल्भा ३४ रन, महेश थिक्सेना २२ रन, र कुशल मेन्डिस १९ रन बनाएका थिए।
बलिङमा बंगलादेशका तान्जिम हसन सकिबले ३, सकिब अल हसन र शोरिफुल इस्लामले समान २ विकेट लिएका थिए।
श्रीलङ्काका क्रिकेटर एन्जेलाे म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा 'टाइम्ड आउट' हुने पहिलाे खेलाडी बनेका छन्। आईसीसीकाे नियमअनुसार क्रिजमा रहेका खेलाडी आउट भएपछि त्याे खेलाडीकाे ठाउँमा जाने खेलाडी अधिकतम तीन मिनेटभित्र बल खेल्नका लागि तयार हुनुपर्छ।



